दफा ४
अनुमतिपत्र पाउन सक्ने वित्तीय संस्थाहरू
(१) देहायका वित्तीय संस्थाहरूले मात्र यस ऐन बमोजिम अन्तर्राष्ट्रिय वित्तीय कारोबार गर्नको लागि अनुमतिपत्र पाउन सक्नेछन्ः–
(क) विदेशी बैंक र ट्रस्ट कम्पनी,
(ख) अन्तर्राष्ट्रिय बिमा र पुनर्बिमा कम्पनी,
(ग) विदेशी कम्पनीहरूको अधिकृत कार्यालयको रूपमा कार्य गर्ने कम्पनी,
(घ) विदेशी होल्डिङ्ग लगानी कम्पनी,
(ङ) विदेशी वित्तीय कम्पनीले स्थापना गरेका प्रशासकीय वा क्षेत्रीय कार्यालय,
(च) अन्तर्राष्ट्रिय ब्यापारिक कम्पनी,
(छ) अन्तर्राष्ट्रिय वित्तीय कम्पनी,
(ज) विदेशी रियल स्टेट होल्डिङ्ग कम्पनी,
(झ) विदेशी पेटेन्ट र रोयल्टी कम्पनी
(ञ) विदेशी म्यूचुअल फण्ड,
(ट) अन्तर्राष्ट्रिय लिजिङ्ग कम्पनी,
(ठ) अन्तर्राष्ट्रिय मर्चेन्ट बैंक
(ड) संगठित संस्थाको रूपमा संस्थापना भएका विदेशी साझेदारी र ट्रष्ट जस्ता निकायहरू,
(ढ) अन्तराष्ट्रिय विक्री कारोवार गर्ने कम्पनी,
(ण) गैर आवासीय पेन्सन र डेफर्ड बोनस योजना सञ्चालन गर्न अनुमति दिईएको विदेशी निकाय,
(त) धितोपत्र दलाल, अण्डराईटर, लगानी सल्लाहकार, पेन्सन फण्ड सल्लाहकार जस्ता वित्तीय सेवाहरू प्रदान गर्ने अन्तर्राष्ट्रिय वित्तीय कम्पनीहरू ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम अनुमतिपत्र पाउनको लागि त्यस्तो वित्तीय संस्था नेपाल ………. बाहिर कुनै मुलुकमा कानुनबमोजिम दर्ता भएको र कम्तीमा तीन वर्षसम्म अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा संलग्न भएको हुनु पर्नेछ ।
(३) नेपाल सरकारले प्रवद्र्धन समितिको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी उपदफा (१) मा उल्लेखित वित्तीय संस्थाहरूमा आवश्यकता अनुसार हेरफेर वा थपघट गर्न सक्नेछ ।